टोपाखानीमा रोपियो पुरानो एसटीएनएम अस्पतालको बरको रूख

Hospital.jpg

गान्तोक। कुनै पनि ठाउँलाई विकास गर्दा निश्चित रूपमा त्यहाँको भौगोलिक अवस्था पहिलाको जस्तै रहँदैन। विश्वका विकसित देशहरूले त्यस ठाउँमा रहेको सम्पदाको संरक्षण गर्ने जुन कार्य गर्छ त्यस्तै कार्य गरेको छ राज्य सरकारले यहाँको पुरानो एसटीएनएम अस्पताल परिसरमा रहेको पुरानो बरको रूखलाई त्यहाँबाट उखालेर अन्य ठाउँमा रोपियो। विकसित देशहरूले अत्याधुनिक मशीनहरूको सहयोगमा जुन प्रकारले संरक्षण गर्छ त्यसरी नै यहाँ भएका मशीनहरूकै भरमा पनि सिक्किमले यस्तो उदाहरणीय पहल गरेको छ।

जानकारी गराइन्छ, यहाँको पुरानो एसटीएनएम अस्पताल परिसरमा हाल गान्तोक स्मार्ट सिटी परियोजनाअन्तर्गत बहुतल्ले भवन निर्माण कार्य युद्धस्तरमा चलिरहेको छ। परियोजनाको मध्य भागतिरै एउटा पुरानो बरको रूख रहेको थियो सो रूखलाई विभागले त्यहाँबाट उखेलेर टोपाखानीमा लगेर रोपियो।

स्मरण रहोस्, बरको रूखमाथि हिन्दु धर्मावलम्बीहरूको आस्था रहेको छ। विशेषगरी देवी-देउराली, पवित्र स्थलमा बर-पिपलको रूख रोपेर पुज्ने गरिन्छ। हिन्दु धर्मावलम्बीहरूको आस्थालाई कदर गर्दै विभागले उक्त बरको रूखलाई यहाँ रहेकै मशीनको प्रयासमा टोपाखानी परिसरमा रोप्न सफल भएको छ। त्यहाँ पण्डितलाई पूजा अर्चना गराएरै उक्त बरको रूख रोप्ने कार्य भएको थाहा लागेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *