न्यू ब्लड फूटबल क्लब क्वार्टर फाइनलमा

photocollage_202372710361251.jpg

२७ जुलाईः च्याँगा बस्ती युथ क्लबको तत्त्वावधानमा आयोजित ७६औं इण्डिपेण्डेन्स कप २०२३ नक् आउट फूटबल टुर्नामेण्टमा न्यू ब्लड फूटबल क्लबले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। बुधवार च्याँगा दुर्गा मन्दिर मैदानमा खेलिएको दोस्रो राउण्डको पहिलो म्याचमा न्यू ब्लड एफसी-ले सैनिकपुरीको टीमलाई पेनल्टी शूटआउटमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर ४-४-को बराबरीमा रहेको थियो। नियमित समयमा न्यू ब्लड एफसी-बाट करण राईले ह्याट्रिक गरे। उनले १०औं, २९औं र ३५औं मिनटमा गोल गरे। यसबाहेक एक गोल पोलार्ड कुमारले २४औं मिनटमा गरे। यसरी सैनिकपुरीको टीमबाट प्रणय (पाँचौं र ४६औं मिनट) र रिजवल (आठौं र ३८औं मिनट)-ले २-२ गोल गरे। यस टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। आयोजक समितिका कोषाध्यक्ष ग्याल्छेन तामाङले बताएअनुसार, यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement