
धन्न म शहीद भइनँ
लड्न त लडेकै हो
अघि पनि बढेकै हो,
पराया त दुश्मन भए-भए
सत्य बोल्ने,
सही बाटो बताउने हुँदा
आफ्नै पनि दुश्मन भए
एम्बुस थापे, दागा धरे
तर ईश्वरको कृपा बनिरह्यो
धन्न म शहीद भइनँ,
आज शहीदको आत्मा रोएको देख्दा
शहीदको सपना कुल्चिएर
जातित्व बेचिएको देख्दा
अस्तित्वको व्यापार गरेको देख्दा
माटोको लिलाम गरेको हेर्दा
उनीहरू, बिचराहरु
व्यर्थै शहीद भएछन् जस्तो लाग्छ
त्यसैले भन्छु
धन्न म शहीद भइनँ रै‘छु।
(गोर्खाल्याण्ड आन्दोलनका शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जलीसहित- कवि।)