एनवाईसी सेभोक फाइनलमा

photocollage_202272232557563.jpg

२ जुलाईः बिमार राजु छेत्रीको उपचारमा सहयोगको हात बढ़ाउने लक्ष्य लिएर सिलगढ़ी युनाइटेड एफसीको तत्त्वावधानमा आयोजित समर फूटसल च्याम्पियनशीप २०२२-को ओपन वर्गमा नेताजी युथ क्लब (सेभोक)-ले फाइनलमा स्थान बनायो। स्थानीय वन् शट् फूटसल एरेनामा भएको टुर्नामेण्टको सेमिफाइनलमा एनवाईसी-ले युनाइटेड सिक्किम एफसीलाई ४-१-ले पराजित गऱ्यो। यी दुई टीमबाहेक झोलुंग स्पोर्टिंग क्लब र काका एफसी फाप्रीले पनि क्वार्टर फाइनलमा स्थान बनाएको थियो। आज टुर्नामेण्टको पहिलो दिन ओपन वर्गमा एउटा पूलका म्याचहरू खेलियो, जसमा १० वटी टीम रहेको थियो। भोलि ओपन वर्गको अन्य एउटा पूलका म्याचहरू अनि फाइनल खेेलिनेछ। यसरी नै आज भेटरन वर्गका म्याचहरू पनि खेलियो, जसमा प्रधाननगर भेटरन र सुकना भेटरनले फाइनलमा स्थान बनायो। भेटरन वर्गको फाइनल आइतवार खेलिनेछ। भोलि नर्थ बेंगल स्टार्स र सिक्किम स्टार्सबीच प्रदर्शनी म्याच पनि खेलिनेछ। आज टुर्नामेण्टको पहिलो दिन अतिथिको रूपमा झापा डिस्ट्रिक्ट फूटबल एसोसिएशनका अध्यक्ष भागीरथ आले, झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत, खेल सामग्री निर्माता कम्पनी सिल्को-को तर्फबाट खोकन भट्टाचार्य, गौरव भट्टाचार्य, सन्दीप अरोरा अनि समाजसेवी रवि सिंह उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *