गान्तोक: सिक्किमका मुख्यमन्त्रू प्रेमसिँह तामाङले सारथी दिनको अवसरमा राज्यका समस्त चालकहरुलाई शुभकामना व्यक्त गरेका छन्। उनले आफ्नो सन्देशमा उल्लेख गरेअनुसार हाम्रो सारथीहरुले जीवन, अर्थतन्त्र र सुरक्षाका विभिन्न पक्षहरूलाई प्रभाव पार्दै समाजमा महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्। उनीहरूको योगदान आधुनिक समाजको सहज कार्यलाई कायम राख्न र प्रगति र विकासलाई बढावा दिनको लागि महत्वपूर्ण रहेको बताएका छन्। उनले उल्लेख गरेअनुसार उनीहरू हाम्रो राज्यको जीवनरेखा हुन् किनभने स्थानीयहरू र पर्यटकहरू सहित हजारौं मानिसहरू तिनीहरूको सेवामा निर्भर छन् र सिक्किमे समाजको अभिन्न अंग हुन्। सारथीहरुको सम्मानमा, हाम्रो सरकारले जुलाई २७ लाई “सारथी सम्मान दिवस” घोषणा गर्यो भन्दै मुख्यमन्त्री तामाङले यस दिनलाई बिदाहरूको सूचीमा समावेश गरेको बताएका छन्। भर्खरै सरकारले सोनाम ओंगडुप भोटियालाई अखिल सिक्किम चालक वेलफेयर बोर्डको अध्यक्षको रूपमा नियुक्त गरेको र सारथीहरूलाई नियमित रूपमा सहयोग गर्दै आएका अनि आवश्यक पर्दा सहयोग गरिरहने बताएका छन्। यस अवसरमा सिक्किमका सबै सारथीहरूलाई कृतज्ञता व्यक्त गर्दछु र उनीहरूको भविष्यका लागि शुभकामना दिन्छु, मुख्यमन्त्री तामाङले सन्देशमा भने।