वट वृक्ष काटिनु हिन्दु र बौद्धहरूको आस्थामाथि हमलाः विहिप सिक्किम

IMG_20220702_231617.jpg

गान्तोक: विश्व हिन्दु परिषद (विहिप) सिक्किमले पुरानो एसटीएनएम अस्पताल परिसरमा धरोहरको रूपमा रहेको १०० सय वर्षभन्दा पुरानो साथै हिन्दु बौद्ध धर्मावलम्बीहरुको आस्थाको स्तम्भको रुपमा रहेको पवित्र वटवृक्षलाई त्यहाँ निर्माणाधीन संरचनाको बहाना देखाएर् राज्यको वन विभागले रातको अंधकारको सहारा लिएर ढालेको विषयलाई विश्व हिन्दु परिषद सिक्किम कड़ा भत्सना गर्दछ साथै यस विषयले राज्यका समस्त सनातनीहरुले वर्षौँ देखी पूजी ल्याएको वट वृक्ष काटिनु भनेको राज्यका हिन्दु बौद्धहरुको आस्थामा हमला गरिनु हो भन्दै वट वृक्ष काट्ने व्यक्ति माथि कड़ा भन्दा कड़ा कार्यवाही होस भन्ने माँग पनि गरेको छ।
विहिप सिक्किमका सहसचिव केशव सापकोटाले आज जारी प्रेस विज्ञप्तिमा भनेका छन्, धार्मिक नियम अनुसार, कुनै प्रायश्चित्त कर्म सम्पादन नगरी बौद्ध लामा र सनातनी संस्कृती अनुसार भगवानलाई क्षमा याचना या पूजा नगरी गरिएको कार्यले राज्यमा जनभावना आहत भएको छ र अब यस दूरकर्मको क्षती पूर्ति स्वरूप गान्तोक वरि परी सय भन्दा बेसी वृक्षहरूको रोपनी निर्माणाधीन कम्पनी द्वारा झट्ट भन्दा झट्ट गरीदिया जवास भन्ने पनि माँग गर्दछ। प्राकृतिक संवेदना हीन यस कार्यले रुखमा आफ्नु घर मान्ने पंछी हरुको घरलाई राति नै सामाप्त गर्नु ,हामी प्रकृति प्रति कति संवेदनशिल छौं त्यो पनि दर्शाउँदछ।
हिन्दू मान्यता अनुसार वनस्पतिमा देवी देवताको वास रहेको मान्यताको ज्ञात हुँदा हुँदै पनि रातको समय रहस्यमय ढंगम पारेर पूजिने वट वृक्ष काटिएकोलाई सोझै हिन्दू आस्थामा भएको हमलाको संज्ञान दिँदछ।
ज्ञात रहोस, वट वृक्ष काटिने वन विभागको अधिसूचना विरुद्ध आपत्ति जताऊँदै राज्यका धेरै संग संस्था साथै धेरै सरोकरवालाहरुले बिकासको नाममा हुँदै गरेको प्रकृती प्रतिको अतिक्रमण सिक्किम जस्तो सानु हिमाली राज्यको निम्ती अति नै जोखिमपूर्ण रहेको बताएका छन्। गान्तोक सिसमिक जोन चार(IV)मा परेको हुनाले भूकम्प साथै अनियमित भूस्खलनको अत्यधिक समस्यामा रहेको समय बनस्पतिको संरक्षण यहाँको माटोको निम्ती पनि अति महत्वपूर्ण हुँदछ। उनले जन भावना साथै राज्यको भौगोलिक परिस्थितिहरुको किन्चित पनि ध्यान नराखी मध्यरातमा ढालीएको वट वृक्षको विरुद्ध कानूनी कार्यवाहीको माँग गर्दै तब सम्म निर्माण कार्य रोकिदिया जावस भन्ने सिक्कम विश्व हिन्दु परिषद प्रशासन साथै स्मार्ट सिटी लिमिटेड सँग माँग गरेका छन्। उनले दीर्घमियादी विकासको निम्ति प्रकृतीलाई मासेर हैन प्रकृति सँग हाथ गाँसेर अघि बड़े मात्र विकासको सही अवधारणा पूर्ण हुने भन्दै विश्वका प्रगतिशील देशहरुबाट प्रकृति संरक्षणको साथ गरिएको विकासको कार्यलाई प्रेरण लिएर बढ़ने अघि राज्यका प्रशासन साथै राज्य सरकारलाई सुझाउ पनि दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *