शिमलाको रामपुरमा बादल फाट्दा स्कूल समेत केही घरहरू क्षतिग्रस्त, गाई-वस्तु बगे

00-1-Rashtriya-Samachar-27

शिमला: हिमाचल प्रदेशको शिमला जिल्लामा रामपुर उपमण्डल अधिनस्थ सरपारा पंचायतको कंधार गाउँमा गए मंगलवारको मध्यराती बादल फटेर आएको बाढ़ीले ठूलो विनाश निम्ताएको छ। बाढ़ीले पाँचवटा घर, प्राथमिक पाठशालाको भवन, महिला मण्डल र युवा मण्डलको भवन क्षतिग्रस्त भएका छन्। यद्यपि जनहानिको कुनै सूचना छैन। मानिसहरू समयमै आ-आफ्नो घरदेखि बाहिर निक्लेका थिए। पानीको तीव्र प्रवाहले ग्रामीणहरूको पालुवा पशु-प्राणीहरू पनि बगाएको छ भने आधा दर्जन वाहनहरूलाई क्षति पुऱ्याएको छ। धेरैवटा घरमा बाढ़ीको पानी भरिएको छ। पुलिसबाट प्राप्त जानकारीअनुसार लगभग बाढ़ीमा लगभग बीसवटा भेड़ा एवं बाख्राहरू बगेका छन्। सुरेन्द्र कुमार, विजय नन्द, नरेन्द्र, मोहन र सङ्गत रामको घर क्षतिग्रस्त भएको छ। रामपुरका एलडीएम नीरज तोमरले बताए, क्षय-क्षतिको अनुमान लगाइँदैछ। प्रभावितहरूलाई उचित राहत राशि उपलब्ध गराइएको छ। बेघर भएकाहरूको निम्ति बस्ने व्यवस्था गरिएको छ। यस प्राकृतिक आपदामा ज्यानको भने क्षति भएको छैन। यता राज्यमा आगामी केही दिनसम्म भारी वर्षा हुने आशंका व्यक्त गरिएको छ। मौसम विभागले आगामी दुई दिनसम्म घनघोर वर्षाको अरेञ्ज अलर्ट जारी गरेको छ। यस अवधि पर्यटकहरूलाई सतर्क बस्ने सुझाउ दिइएको छ। प्रतिकूल मौसमलाई ध्यानमा राखेर अनावश्यक यात्राहरू नगर्ने सुझाउ पनि मानिसहरूलाई दिइएको छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement