राज्यपालको अध्यक्षतामा राष्ट्रिय शिक्षा नीति २०२० माथि चर्चा-विमर्श

si-10

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यको अध्यक्षतामा आज राजभवनको कन्फ्रेन्स हलमा शिक्षा विभागसॅंग एक बैठक आयोजन गरियो। बैठकमा शिक्षा विभागका अतिरिक्त मुख्य सचिव आर. तेलाङ र विभाग अधीनस्थ समग्र शिक्षा, उच्च शिक्षा र एससीईआरटीका उच्च पदाधिकारीहरूसॅंग राष्ट्रिय शिक्षा नीति २०२० माथि परस्तर चर्चा-विमर्श गरियो। नयॉं राष्ट्रिय शिक्षा नीति २०२० देशको शिक्षा व्यवस्थालाई सुदृढ़ बनाउन र परिवर्तन ल्याउन प्रतिबद्ध छ। राज्यपालले उक्त कुरामाथि प्रकाश पार्दै अधिकारीहरूलाई शिक्षक, शिक्षार्थी र अभिभावक सबैलाई एकसाथ लिएर तृणमूल स्तरमा मिशन मोडमा कार्य गर्नुपर्ने आवश्यकतामाथि बल दिए।

राज्यपालले शिक्षाको उद्देश्य आत्महीनताबाट उठेर आत्मबल, आत्मनिर्भतरतिर उन्मुख हुनु रहेको बताए। उनले विशेषगरि सबै नानीहरूलाई सुकन्या समृद्धि योजना अन्तर्गत ल्याउन र सबै मानक विद्यालयहरूलाई एनसीसीसॅंग जोड्न बल दिए। बैठकमा नयॉं शिक्षा नीति अन्तर्गत राज्यमा क्रियान्वित योजना र पहलहरू समग्र शिक्षा, उच्च शिक्षा र एससीईआरटीका निर्देशकहरूले पीपीटीको माध्यमद्वारा प्रस्तुत गरेको राजभवनले विज्ञप्तिमा जनाएको छ। शिक्षा विभागका अतिरिक्त मुख्य सचिव तेलाङले शिक्षाको क्षेत्रमा सिक्किमले हासिल गरेका उपलब्धीहरूमाथि प्रकाश पारे।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement