सामाजिक कार्यकर्ता बासु शर्माद्वारा सोनामति विद्यालयलाई ५० हजार सहयोग प्रदान

IMG-20230726-WA0399.jpg

गान्तोकः सोनामति मेमोरियल सरकारी उच्चतर माध्यमिक विद्यालयमा सम्पन्न भइरहेको ७७औं स्वतन्त्रता दिवस फूटबल प्रतियोगिताको आज दोस्रो दिन मुख्य अतिथिकोरूपमा समाजसेवी एवं बासु इन्जिनियरिङका स्वामी बासु शर्मा उपस्थित थिए। मुख्य अतिथि शर्मालाई स्कूलमा विद्यार्थी लगायत गाउँलेहरूले भव्य स्वागत जनाए।

आज दोस्रो दिनको फुटबल खेल आरएफसी बनाम इन्चेन बोइज रलापमाझ खुबै सम्पन्न भयो। आयोजक समितिले उपस्थितिको मुख्य अतिथि बासु शर्मालाई प्रशस्ति पत्र प्रदान गर्दै संवर्द्धना जनाए। उनले स्कूल पक्षलाई साउण्ड सिस्टम किन्नको निम्ति आफ्नो तर्फबाट ५० हजार रुपियाँको सहयोग राशि पनि प्रदान गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement