समर कार्निभलको समापन समारोहमा राज्यपाल गंगा प्रसादले सहभागी

IMG_20220702_230752.jpg

गान्तोक: आज सिङताम खामदोङ निर्वाचन क्षेत्र अन्तर्गत सिमिक लिङ्गजे ग्राम प्रशासनिक केन्द्रमा आयोजित प्रथम समर कार्निभलको समापन समारोहमा सिक्किमका राज्यपाल गंगा प्रसादले सहभागी बने। कार्यक्रममा एसआईसी सीपी ढकाल, एडीसी राधा प्रधान, जिल्ला पञ्चायत, पञ्चायतगण आदि उपस्थित थिए।
राज्यपाल प्रसादले आफ्नो सम्बोधनमा सबैलाई राज्यको विकासका लागि एकजुट बनेर काम गर्न आह्वान गरे। विद्यार्थीहरूको ध्यान आकर्षित गर्दै राज्यपालले विद्यार्थीहरूको निम्ति अवसरहरू रहेको र विद्यार्थीहरू यी अवसरहरूबाट फाइदा उठाउन योग्य पनि रहेको बताए। विद्यार्थीहरूले आफ्नो योग्यतामाथि विश्वास गर्नुपर्छ भनी उनले बताए।
आत्मनिर्भर भारतमाथि बल दिॅंदै उनले स्वयं सहायता समूहहरूलाई यस अवसरको फाइदा उठाउन आह्वान गरे। उनले स्वयं सहायता समूहका लागि कृषि, हस्तकरघा र हस्तशिल्पको क्षेत्रमा अन्तहिन सम्भावनाहरू छन् रहेको बताए। राज्यपालले आफ्नो सम्बोधनमा डोङ्गेथाङ जुनियर हाई स्कूलको मिड डे मिल किचन निर्माणका लागि चार लाख रूपियॉं र सिमिक लिङ्गजे वीएसीमा पुस्तकालय स्थापनाको निम्ति एक लाख रूपियॉं दिने घोषणा गरे। कार्यक्रममा मणिपुरको पैह्रोमा ज्यान गुमाउने जवानहरूको सम्मानमा दुई मिनट मौन धारण गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement