न्यायमा ढिल्याईका कारण जेलमा बितिरहेको छ धेरै मानिसहरूको जीवनः राष्ट्रपति

00-1-Draupadi-Murmu-President-of-India-2

भुवनेश्वर: न्यायमा विलम्ब हुनु चिन्ताको विषय हो। न्यायमा ढिल्याई गरिएको कारण मानिसहरूलाई विभिन्न समस्याको सामना गर्न परिरहेको छ। अनेकौं मानिसहरूको जेलमा जीवन बितिरहेको छ। न्यायमा विलम्ब भएको कारणले पीड़ितहरू पनि हतास भइरहेका छन्। यसैले तत्काल न्याय पीड़ित र निर्दोष दुवैको लागि सहायक हुनेछ। उपरोल्लेखित मन्तव्य कटकको जवाहरलाल नेहरू स्टेडियममा बुधबार आयोजित ओडिशा उच्च अदालतको ७५औं वर्षगाँठ समारोहमा मुख्य अतिथिको रूपमा उपस्थित राष्ट्रपति द्रौपदी मुर्मूले व्यक्त गरेकी हुन्।

राष्ट्रपतिले जय जगन्नाथ भनेर आफ्नो उद्बोधन शुरू गरेकी थिइन्। उनले भनिन्, ‘वञ्चितहरूले उपयुक्त न्यायिक सुविधा पाउनुपर्छl’ यो कुरा उनले पहिला पनि भनिसकेकी छन् र फेरि दोहोऱ्याइरहेकी छन्। यस अवसरमा राष्ट्रपतिले कारगिल दिवसमा वीर शहीदहरूलाई नमन गरिन्। उनले आफ्नो भाषणमा ओडिशाका शहीद जवान मेजर पद्मपाणि आचार्यको नाम उल्लेख गरिन्। कार्यक्रममा राज्यपाल प्रो गणेशीलाल, ओडिशा उच्च अदालतका चीफ जस्टिस एस. मुरलीधर, राज्यका विधि मन्त्री जगन्नाथ सारका र बार एसोसिएशनका अध्यक्ष धरणीधर नायक समेत अन्य प्रमुख व्यक्तित्वहरू उपस्थित थिए। यसपूर्व राष्ट्रपति आज बिहान सड़क मार्ग भएर भुवनेश्वरदेखि कटक पुगिन् र कटकको चण्डी मन्दिरमा पूजा-अर्चना गरिन्। राष्ट्रपति मुर्मू नेताजी सुभाष बोसको जन्म स्थानमा पनि गइन्। त्यहाँ राष्ट्रपतिले संग्रहालयको अवलोकन गर्नका साथै नेताजीको फोटोमा पुष्पाञ्जलि पनि अर्पण गरिन्। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement