कारगिल युद्धमा हाम्रा सैनिकहरूको सर्वोच्च बलिदानलाई देशले कहिल्यै भुल्ने छैन: सेना प्रमुख

00-1-Army-Chief-Manoj-Pande

द्रास: कारगिल विजय दिवसमा भारतीय सशस्त्र बलहरूको वीरतालाई श्रद्धाञ्जलि दिँदै सेना प्रमुख जनरल मनोज पाण्डेले बुधबार भने, ‘१९९९ सालमा पाकिस्तानसित भएको संघर्षमा सर्वोच्च बलिदान दिने जवानहरू सदैव मानिसहरूक मन-मसतिष्कमा जीवित रहनेछन्l’ बुधबार कारगिलको हिउँले ढाकेका चुचुराहरूमा शहीद भएका सैनिकहरूको स्मरणमा कारगिल युद्ध स्मारकमा पुञ्पाञ्जलि अर्पण गरेपछि समारोहलाई सम्बोधन गर्दै सेना प्रमुखले भने, ‘देशले १९९९ सालको कारगिल युद्धमा हाम्रा सैनिकहरूले दिएको सर्वाच्च बलिदानलाई कहिल्ये भुल्नेछैन। अपरेशन विजय एक कठिन र उच्च तीव्रताको सैन्य अभियान थियो। यो एउटा दुर्गम इलाका थियो जसलाई शत्रुले कब्जा गरेको थियो। यो एउटा चुनौती थियो जसलाई हाम्रा सैनिकहरूले पूरा गरेl’ ‘अन्तिम उद्देश्यलाई प्राप्त गर्नको लागि म हाम्रा वायु योद्धाहरूको पनि सराहना गर्दछु’,  कारगिल नायकहरूको आफन्तलाई सम्बोधन गर्दै सेना प्रमुखले भने, ‘देशले तपाईहरूको बलिदानलाई भुल्नेछैन र सदैव तपाईहरूको आभारी रहनेछl’ –हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement