कोलकाताः पञ्चायत चुनाउमा हिंसा पीड़ित महिलाहरूलाई भारतीय जनता पार्टीले सुरक्षित ठाउँहरूमा पुऱ्याएको छ। बुधवार भाजपा विधायक दलको साथ भेट गर्न भाजपाको पाँच महिला उम्मेदवार र अन्य कार्यकर्ता पुगेका थिए। यिनीहरू चुनाउ भएदेखि घर छोड़ेर भागेका छन् र ज्यान बचाउनका लागि सुरक्षित ठाउँमा बसिरहेका छन्।
आमता-२ ब्लकको ग्राम पञ्चायतमा भाजपाको टिकटमा चुनाउ लड़िसकेका उम्मेदवारहरूले उनीहरूको घर जलाइएको भने। उनीहरूलाई रोएको पनि देखियो। पाँच जनाको समूहमा खसराले पीड़ित एक महिला पनि थिइन्। यहाँ पुगेकी एक भाजपा कार्यकर्ताले भनिन्, पञ्चायत चुनाउको दिन सत्तारूढ़ पार्टीको भोट लुट्ने अभियानलाई रोक्दा उसलाई प्रताड़ित गरिएको थियो। महिला र उसको घरका सदस्यहरू घर फर्किन डराइरहेका छन्। विपक्षी नेता शुभेन्दु अधिकारी दिल्लीमा थिए, यसैले उनले पीड़ितहरूसित भेट गरेनन्। भाजपा सूत्रहरू अनुसार, यी तमाम महिलाहरूलाई सुरक्षित ठेगानाहरूमा राखिन्दैछ। यिनीहरूको स्थितिलाई लिएर हाईकोर्टमा याचिका लगाइनेछ। आवश्यकता परेमा यिनीहरूलाई कोर्टमा हाजिर पनि गरिनेछ।
-हिस