एसकेएम पार्टीको रिञ्चेनपोङ समष्टिस्तरीय समन्वय सभा सम्पन्न

IMG-20230726-WA0401.jpg

गान्तोकः एसकेएम पार्टीको एक समष्टिस्तरीय समन्वयक सभा-रिन्चेन्पोङ समष्टि कार्यालय परिसरमा एचके गुरुङको अध्यक्षता सम्पन्न भयो। उक्त सभामा विभिन्न महत्वपूर्ण विषयहरूमा बहस गरेपछि विभिन्न प्रस्तावहरु सर्वसम्मतिद्वरा पारित गरिएको जानकारी गराइएको छ।

विशेषरुपमा समष्टिको विभिन्न वार्डहरुमा पार्टीको वार्ड समिति र बुथ लेबल समितिहरू पूर्नगठन आगामी अगस्त महीनाको पहिलो सातादेखि गरिने र यसका लागि पार्टीका वरिष्ठ पदाधिकारीगणलाई पार्टीले मनोनीत गरिने भएको छ। सोही प्रकारले पुनर्गठन कार्यको लागी जिम्मेवारी दिने, पार्टीको सदस्यता अभियानलाई यथाशीघ्र सम्पन्न गरिने, वर्तमान एसकेएम पार्टीको सरकारले जनहितको लागि निर्धारण गरेको विभिन्न जनहितकारी योजना जनस्तरमा सबै कार्यकर्ताहरुले पुऱ्य़ाउनु पर्ने सभामा प्रस्तावहरू सर्वसम्मतिद्वरा पारित गरेको छ।

सभालाई एसकेएम पार्टी केन्द्रिय कार्यसमितिका उपाध्यक्ष फूर्बा छिरिङ भोटिया, पार्टी मुख्यालय, कार्यालय सचिव आरके वालिङ, समष्टि अध्यक्ष जितहाङ सुब्बा आदिले सम्बोधन गरेका थिए।सभामा शिक्षा विभागका ओएसडी सोनाम पाल्जर, नारी प्रकोष्ठ प्रभारी उपाध्यक्षा पेम्पोकी भोटिया, जिल्ला कार्यसमितिका उपाध्यक्ष श किन्तुक भोटिया लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement