प्रेसिडेन्सी विश्वविद्यालयमा छात्रहरूले फेरि डीनलाई घेरे

IMG-20230410-WA0169-11-300x172-13

कोलकाताः कोलकाताको प्रेसिडेन्सी विश्वविद्यालयमा एक पल्ट फेरि हिन्हू होस्टलमा धेरै समस्याहरूलाई लिएर छात्रहरूको विरोध प्रदर्शन शुरू भएको छ। छात्रहरूले गत १८ घण्टादेखि डीन अफ स्टूडेन्टलाई घेरेर विरोध प्रदर्शन जारी राखेका छन्। मंगलवार रातिदेखि शुरू भएको प्रदर्शन बुधवार दिउँसो ३ बजी खबर लेखिञ्जेलसम्म जारी थियो।

होस्टलमा बस्ने छात्रहरूको दाबी छ, दिनदिनै होस्टलमा धेरै प्रकारका समस्याहरू बढ़िरहेका छन् तर यसको समाधानको निम्ति प्रबन्धनको तर्फबाट कुनै पहल भइऱहेछैन। होस्टलको तीन, चार र पाँच नम्बर वार्डलाई धेरै महिनादेखि बन्द राखिएको छ। यसलाई चालू गर्ने माग लगातार भइरहेछ तर कुनै पहल गरिएको छैन।

वर्ष २०१५ देखि तीन, चार र पाँच नम्बर वार्डलाई बन्द राखिएको छ। यसले गर्दा लगभग २०० गरीब छात्रहरूलाई सुविधाबाट वञ्चित हुनपरिरहेछ। बारम्बार आवेदन गरेपनि कुनै कारबाही भइरहेछैन, जसपछि मंगलवार रातिदेखि आन्दोलन शुरू भएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement