जनजाति सुरक्षा मञ्च राज्य कमिटी, सिक्किमले भाजपा नेतृत्वधीन एनडीए सरकारप्रति कृतज्ञता व्यक्त

IMG_20220702_230528.jpg

गान्तोक: आगामी राष्टिपति चुनाउको निम्ति सन्थाल जनजातिकी एक आदिवासी महिला द्रौपदी मुर्मुलाई नामांकित गरेकोमा जनजाति सुरक्षा मञ्च राज्य कमिटी, सिक्किमले भाजपा नेतृत्वधीन एनडीए सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ। जनजाति सुरक्षा मञ्च राज्य कमिटी, सिक्किमका अध्यक्ष छितेन टाशी भोटियाले प्रेस विज्ञप्ति जारी गर्दै सत्तारूढ़ सरकारले देशका आदिवासी समुदायहरूलाई प्राथमिकता र मान्यता दिएको देख्दा धेरै खुशी महसुस भएको बताएका छन्। उनले भाजपा सरकार देशका आदिवासी समुदायहरूलाई समर्थन अनि मान्यता दिन प्रतिबद्ध रहेको संकेत पाएको बताएका छन्। द्रौपदी मुर्मु झारखण्डको राज्यपाल बन्ने पहिलो महिला थिइन् र अब उनी देशको सर्वोच्च संवैधानिक पदका लागि नामांकित हुने प्रथम आदिवासी महिला बनेको पनि उनले जनाएका छन्। राष्ट्रपति चुनाउका लागि एक महिलालाई मनोनयन गरेर सरकारले महिला सशक्तिकरणलाई सही अर्थमा जायज ठहराएको छ र देशका आदिवासी समुदायहरूलाई सम्मान जनाएको छ, जुन वर्तमान समयको अत्यन्त आवश्यकता रहेको उनले बताएका छन्।
भाजपा सरकारको निर्णयले आदिवासी मानिसहरूमा गर्वको भावना र एकताको भावनालाई जगाएको छ भनी अध्यक्ष भोटियाले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्। यसैगरी, उनले मुख्यमन्त्री प्रेमसिंह तामाङ र पूर्व मुख्यमन्त्री पीके चामलिङलाई पनि आदिवासी उम्मेदवार द्रौपदी मुर्मुको समर्थनमा खुलेर अघि आएकोमा कृतज्ञता व्यक्त गरेका छन्। उनले राज्यका सबै विधायकगण र दुईजना सांसदलाई पनि राष्ट्रपति चुनाउमा द्रौपदी मुर्मुको पक्षमा भोट गरिदिन अपील गरेका छन्।
यस अतिरिक्ति, अध्यक्ष भोटियाले राज्यका सबै आदिवासी संगठन र समुदायहरूलाई भाजपा सरकारको मनोनयनलाई समर्थन गरिदिन अपील गरेका छन्। द्रौपदी मुर्मुले भोट जितेको खण्डमा उनी देशको पहिलो आदिवासी राष्ट्रपति र दोस्रो महिला राष्ट्रपति बन्ने उनले जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *