कोलकाताः बंगाल भाजपाका दुई विधायक विरूद्ध गैर जमानती धारा अन्तर्गत मामिला दर्ता गरिएको छ। यसमा एक वनगाउॅं उत्तरका भाजपा विधायक अशोक कीर्तनीय र दोस्रो गाईघाटाका विधायक सुब्रत ठाकुर सामेल छन्। तृणमूल कांग्रेसका नेताहरूले उनीहरू विरूद्ध गत २१ जुलाईका दिन भाजपाद्वारा बीडीओ कार्यालय घेराउ कार्यक्रमको समय अधिकारीहरूलाई धम्की दिएको मामिलामा शिकायत दर्ता गरेका थिए।
अशोक कीर्तनीय विरूद्ध तृणमूल कांग्रेस पार्षदले लिखित शिकायतमा २१ जुलाईका दिन बीडीओ कार्यालयभित्र पसेर बीडीओ र अधिकारीरूलाई धम्की दिएको दाबी गरेका छन्। पुलिसले सरकारी काममा बाधा दिएको, धम्क दिएको तथा अन्य गैर जमानती धाराहरू अन्तर्गत मामिला दर्ता गरेको छ। यसरी नै सुब्रत ठाकुर विरूद्ध पनि अधिकारीहरूलाई धम्की दिएको आरोपमा मामिला दर्ता गरिएको छ। यस अघि भाजपाका सांसद खगेन मुर्मू र विधायक ज्वेल मुर्मूसहित पार्टीका २० कार्यकर्ताहरू विरूद्ध प्राथमिकी दर्ता गरिएको थियो।
-हिस