कोलकाताः उत्तर २४ परगना जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात सीमा सुरक्षा बलका जवानहरूले लगभग ७३ लाख रूपियाँको सुनको साथ एक तस्करलाई समाएका छन्। तस्करको पहिचान उत्तर २४ परगना जिल्लाकै सरकन्डा गाउँ निवासी सफीकुल गोलदार उर्फ मिन्टूको रूपमा गरिएको छ।
बीएसएफको तर्फबाट प्राप्त जानकारी अनुसार, एक दिनअघि रातको समय सीमा चौकी बिठारी नजिक सुन तस्करीको ठोस सूचना पाइएको थियो। त्यही अनुसार जवानहरूले घात लगाएका थिए। उक्त व्यक्ति सीमा नजिक स्थित आफ्नो बारीमा काम गरेर फर्किरहेको थियो, जसपछि उसलाई रोकेर सोधपुछ शुरू भयो। जब जवानहरूले सख्तीको साथ व्यक्तिसित सोधपुछ गरे, तब उसले आफ्नो बारीमा सुनको बिस्किट लुकाएर राखेको स्वीकार गऱ्यो।
उसलाई तुरन्तै हिरासतमा लिएर बारीमा छापामारी गरियो, जहाँ एउटा प्लास्टिकको ब्यागमा उसले १० वटा सुनको बिस्किट लुकाएर राखेको थियो। त्यसको ओजन १.१९३ किलो र दर ७२ लाख ६५ हजार ४८९ रूपियाँ बताइएको छ। सुनको तस्करीको साटो उसले तीन हजार रूपियाँ पाउनेथियो। उसलाई अघिको कानूनी कारबाहीको निम्ति कस्टम विभाग तेतुलियालाई सुम्पिएको छ।
-हिस