सर्वोच्च न्यायालयका न्यायधीशले गरे इक्फाइ विश्वविद्यालयका विद्यार्थीहरूसँग अन्तक्रिया

IMG-20220702-WA0176.jpg

गान्तोक। इक्फाइ विश्वविद्यालयमा कानुनी अध्ययन गरिरहेका विद्यार्थीहरूको पहलमा आयोजित अन्तक्रिया कार्यक्रममा सर्वोच्च न्यायालयका न्यायधीश जितेन्द्र कुमार महेश्वरीले सहभागिता जनाए। उक्त अवसरमा सोही विश्वविद्यालयका उपकूलपति डाक्टर जगानथ पटनायक लगायत फाइनलका विद्यार्थीहरूको उपस्थिति रहेको थियो। विद्यार्थीहरूसँग अन्तरक्रिया गर्ने क्रममा न्यायधीशले एक सफल अधिवक्ता बन्न र जीवनमा चुनौतीहरूको सामना गरेको अनुभव साझा गरे। उनले व्यावसायिक र व्यक्तिगत जीवनबीच सन्तुलन कायम गर्ने आफ्नो अनुभव पनि व्यक्त गरे।

यस अवसरमा विद्यार्थीहरूले कानूनसँग सम्बन्धित धेरै प्रश्नहरू सोधे। उनले विद्यार्थीहरूद्वारा सोधिएको विभिन्न प्रश्नहरूको उत्तर खुशीसाथ दिए जसले विद्यार्थीहरूलाई मात्र होइन उपस्थित संकाय सदस्यहरूलाई पनि उत्प्रेरित गरेको जानकारी गराएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *