सिलगढी: सिलगढी जलपाइगढी विकास प्राधिकरणले सिलगढी शहरमा ट्राफिक जामको समस्या समाधान गर्न पहल गरेको छ। ट्राफिक जामको समस्या समाधान गर्न जंक्शनको निजी बस स्ट्यान्डलाई यातायात नगरमा सारिनेछ। सिलगढी जलपाइगढी विकास प्राधिकरणका अध्यक्ष सौरभ चक्रवर्तीले बुधबार यातायात नगरमा बस स्ट्यान्ड निर्माणको प्रगतिको निरीक्षण गरे। एसजेडीए उपाध्यक्ष दिलीप दुग्गर, बोर्ड सदस्य रञ्जन शील शर्मा, गौतम गोस्वामी लगायतको उपस्थिति थियो। यातायात नगरमा ५ एकड जग्गामा २ करोडको लागतमा बस स्ट्याण्ड निर्माण गरिने एसजेडीए अध्यक्ष सौरभ चक्रवर्तीले बताए।