नेपालमा सुन तस्करी प्रकरणले संसदमा हंगामा

00-1-Nepal-Samachara

विपक्षी एमालेद्वारा संसद बैठकमा अवरोध

काठमाडौं: नेपालमा सुन तस्करी प्रकरणले संसदमा काठमांडू हंगामा भएको छ। विपक्षी नेकपा एमालेका सांसदहरुले सुन तस्करीमाथि उच्चस्तरीय छानबिन समिति गठन सम्म नगरेसम्म बैठक चल्न नदिने भन्दै अवरोध गरेका छन्। बुधबार एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको सेटिङ नभई सुन तस्करी हुन नसक्ने भन्दै छानबिन समिति गठनको माग गरे। उनले समिति गठन नभएसम्म सदन चल्न नदिने बताए। विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले सुन तस्करी प्रकरणबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ। रास्वपाका अध्यक्ष रवि लामिछानेले सुन तस्करीमा गृहमन्त्रीले चित्तबुझ्दो जवाफ नदिए कडा कदम चाल्न नदिने चेतावनी दिए।

अर्को विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल सुन तस्करीको ट्रान्जिट प्वाइन्ट बनिरहेको बताए। उनले सुन तस्करीका मुख्य नाइके पक्राउ गर्न सरकारसँग माग गरे। सत्तारुढ नेपाली कांग्रेसका सांसदहरु सुनिल शर्मा र रामहरि खतिवडाले पनि सुन तस्करका नाइकेलाई पक्राउ गर्न माग गरे। तस्करीको सत्य तथ्य उजागर गर्न समेत माग गरे। नेपालमा १८ जुलाईमा हङकङबाट ल्याइएको १०० केजी सुन भन्सार चेकप्वाइन्टबाट निकालेपछि १९ जुलाईमा बरादम भएको थियो। यो प्रकरणमा सरकारले छानबिन गरिरहेको छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement