दार्जिलिङ: दार्जिलिङ विधान सभा क्षेत्रका विधायक एवं गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जेनेरल निरज जिम्बाले आफ्नो सामाजिक सेवा अभियानको शुरूवात गरेका छन्।आफ्नो विधान सभा क्षेत्रका विभिन्न स्थानहरूमा अविरल वर्षाका कारण विपन्न परिवारहरुको घरहरु चुहुने भएपछि उनले उक्त क्षेत्रहरुको निरीक्षण गर्दै परिवारहरुसंग भेटघाट गरिटी आर्थिक सहयोग प्रदान गरेका छन्। यसका साथै विधायक निरज जिम्बाले तारपोलिन समेत प्रदान गरेको जानकारी प्राप्त भएको छ। अविरल वर्षाको कारण आफ्नो विधानसभा क्षेत्रमा उनले भल पैह्रो आउन सक्ने सम्भावनालाई मध्य नजर गर्दै सबैलाई होशियारपूर्वक रहने आह्वान् समेत गरेका छन्।

आफ्नो क्षमता अनुसार विधायक निरज जिम्बाले विगतको दिनहरुमा पनि आफ्नो विधानसभा क्षेत्रमा मात्र नभएर दार्जीलिङ, खरसाङ, कालेबुङ अनि मिरिक समेतमा पैह्रो पीडित परिवारहरुलाई आर्थिक सहयोगदेखि लिएर तारपोलिन, खाद्य सामाग्रीहरुको सहयोग पुर्याउदै आएका हुन्। आउँदो दिनहरुमा पनि आफ्नो सामाजिक सेवा अभियानलाई जारी राख्ने जानकारी गराउँदै विधायक निरज जिम्बाले आफ्नो विज्ञप्ति जारी गर्दै भने, जनप्रतिनिधि भएपछि म जनताको सेवामा समर्पित छु। विगतको वर्षहरुमा पनि आफ्नो विधानसभा क्षेत्रमा भ्रमण गरी आफ्नो क्षमता अनुसार सेवा पुर्याएको छु।

यसकारण तपाईहरुलाई परिआएको खण्डमा मलाई सम्पर्क गर्न सक्नु हुन्छ भनी अपिल गर्दै भने, पहाडमा अहिले घडी अविरल झरी वर्षा आइरहेका छन्। यसकारण तपाईहरु सतर्क रहनुहोस भनी विधायक निरज जिम्बाले जनतालाई अपिल समेत गरेका छन्।