तृणमूलद्वारा मणिपुर हिंसा लिएर धिक्कार ऱ्याली साथै विश्व कारगिल दिवस पालन।

c2e422d0-d39a-4232-9fcf-7068164260c6

कालचिनीः तृणमूल कालचिनी ब्लक कमिटीको पक्षबाट बुधबार जहाँ एकातिर मणिपुर हिंसा लिएर केन्द्र सरकारको विफलता लिएर धिक्कार ऱ्याली निकालियो त्यहीँ अर्कोतिर बुधबार साँझ कालचिनी स्थित कारगिल चौकमा जमा भएर कारगिल विजय दिवस पनि पालन गरेको देखियो। तृणमूल गारोपाड़ा अञ्चलको तत्वावधानमा बुधबार अपरान्ह समय मणिपुर हिंसा लिएर महिलाको सुरक्षा नभएको भन्दै तृणमूलले धिक्कार ऱ्याली निकालेको थियो जहाँ तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव लगायत तृणमूल युवा कंग्रेसको कालचिनी ब्लक सभापति पवन योल्मो, छात्रा नेता हैदर अली अन्सारी एवम् टीसीबीएसयू एवम् तृणमूल महिला कंग्रेसको नेतृ औ प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
मणिपुरमा भाजपाको डबल ईन्जिनको सरकार रहेको तर पनि त्यहाँ जनजाति महिलाको सुरक्षा गर्न असमर्थ रहेको भन्दै तृणमूल नेताहरुले भाजपा सरकारको खोईरो खने। अर्कोतिर बुधबार साँझपख कालचिनी स्थित कारगिल चौकमा तृणमूल कालचिनी ब्लक कमिटीको पक्षबाट कारगिल शहीदहरुको स्मृतिमा कारगिल शहीद दिवस पनि पालन गरियो। सो अवसरमा तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव लगायत तृणमूल युवा कंग्रेसको कालचिनी ब्लक सभापति पवन योल्मो छात्रा नेता हैदर अली अन्सारी एवम् विभिन्न अञ्चल नेताहरुले सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement