कुचबिहार बलात्कार पीडितको मृत्यु

fdbf5a42-92f2-4e45-86be-faac4d4a998b

कुचबिहार: कुचबिहारको खापैडंगा ग्राम पञ्चायत क्षेत्रकी बलात्कार पीडित युवतीको आज मृत्यु भएको छ । उनको आज बिहान कुचबिहार मेडिकल कलेजमा निधन भएको हो । १८ तारिख स्कुलबाट घर जाने क्रममा उनलाई कैयौं युवाहरूले अपहरण गरेका थिए । उनलाई जबरजस्ती करणी गरेर लगेको परिवारको आरोप छ । गम्भीर अवस्थामा उनको कुचबिहार मेडिकल कलेजमा उपचार भइरहेको थियो। आज कुचबिहार मेडिकल कलेजमा नाबालिगको मृत्यु भयो। यस घटनाका कारण कुचबिहार मेडिकल कलेजमा निकै तनाव फैलिएको छ । मृतकको शव र नाबालिगका बाबुलाई लिएर तृणमूल र भाजपाबीच झगडा सुरु भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement