६ बुँदे माग राख्दै वार्ड नं. ३६ को नागरिक समितिले मेयरलाई दियो ज्ञापनपत्र

577b65eb-e523-4913-94c3-3d6cd9a7a4a8

सिलगढी: वार्डका जनताको सुविधाको लागि सडक र नालीहरू मर्मत गरिनुपर्छ, सिलगढी नगरनिगमका अन्तर्गतको वार्ड नम्बर ३६ को तर्फबाट बुधबार सिलगढीका मेयर गौतम देवलाई वार्डमा खानेपानीको समस्या समाधान गर्ने सहित कुल ६ बिन्दुमा ज्ञापनपत्र बुझाइएको थियो। वार्ड नं ३६ का नागरिक समितिका सदस्यले र्‍यालीमार्फत शहरका विभिन्न रुट हुँदै नगरनिगमका अगाडि प्रदर्शन गरेका थिए। उक्त जुलुसमा वार्ड नम्बर ३६ का पार्षद रञ्जनशील शर्माको उपस्थिति रहेको थियो। ज्ञापनपत्र हस्तान्तरणसँगै उनले मणिपुरको घटनालाई लिएर प्रदर्शन गर्दै केन्द्र सरकारविरुद्ध आक्रोश पोखेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement