मालदाः मारुती भ्यान अनियन्त्रित भएर पल्टिँदा चालकसहित दुई जना गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि गजोल ग्रामीण अस्पतालमा भर्ना गरिएको छ । राष्ट्रिय राजमार्ग नं ५१२ मा बुधबार बिहान गजोल थानाको कल्लभिता क्षेत्रमा सडक दुर्घटना भएको हो । दुर्घटनाको खबर पाएलगत्तै गजोल पुलिस घटनास्थल पुगेको थियो । घाइतेको उद्धारसँगै पल्टिएको मारुती भ्यान पनि पुलिसले नियन्त्रणमा लिएको छ ।
पुलिस स्रोतका अनुसार घाइतेको घर दक्षिण दिनाजपुर जिल्लाको तपन क्षेत्रमा रहेको छ । त्यही क्षेत्रबाट एउटा मारुती भ्यान चालक र यात्री लिएर बिरामी हेर्न मालदा आउँदै थियो। तर गाडीले नियन्त्रण गुमाएपछि गाजोलको कल्लभिता क्षेत्रमा सडक छेउको रेलमा ठोक्किएर दुर्घटना भएको हो ।