मालदा: प्रत्येक वर्ष जस्तै यस वर्ष पनि राज्यभर सुब्रत कप फुटबल प्रतियोगिता आयोजना गरिएको छ। यो फुटबल प्रतियोगिता दुई दिनसम्म चल्नेछ। आज पहिलो दिन हो। स्वर्गीय वायुसेना प्रमुख सुब्रत मुखर्जीको सम्झनामा आयोजना गरिएको ६२ औं अन्डर-१७ सुब्रत कप फुटबल प्रतियोगिता मालदामा सुरु भएको छ। पश्चिम बङ्गाल सरकारको शिक्षा विभाग अन्तर्गत स्टेट काउन्सिल फर स्कूल गेम एण्ड स्पोर्ट्सको व्यवस्थापनमा सञ्चालन भएको यस दुईदिने प्रतियोगितामा उत्तर बङ्गालका कुल ९ जिल्ला महिला फुटबल टोलीले भाग लिएका थिए। पहिलो लेगको खेल बुधबार मालदा सहरको वृन्दावनी मैदानमा भएको थियो । बिहीबार यसै मैदानमा सेमिफाइनल र फाइनल चरणका खेलहरू हुनेछन् ।









