सिलगढी: सिलगढी महकुमा परिषदले सत्तामा आएपछि आफ्नो सफलताको पहिलो वर्ष मनायो। विशेषगरी साँस्कृतिक कार्यक्रम र सामाजिक कार्यक्रम गरी दिवस मनाइएको थियो । साथै विगत एक वर्षमा विभागीय क्षेत्रमा भएका विकासको समीक्षा र भावी विकास आयोजनाको बारेमा प्रकाश पारिएको थियो ।
बुधबार नक्सलबारी सामुदायिक हलमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा उत्तर बंगाल विकास मन्त्री उदयन गुहा, सिलगढी मेयर गौतम देव, उपमेयर रञ्जन सरकार, महकुमा परिषद् अध्यक्ष अरुण घोष, एसजेडीए अध्यक्ष सौरभ चक्रवर्ती र अन्य उपस्थित थिए। यस दिन वनमहोत्सव अन्तर्गत अतिथिहरूलाई बिरुवा उपहार स्वरुप प्रदान गरिएको थियो । मेयर गौतम देवले आगामी दिनमा विभाग क्षेत्रमा शिक्षा, स्वास्थ्य, सञ्चारलगायत सबै क्षेत्रमा निरन्तर विकासका काम गर्ने बताए ।