नयाँ दिल्ली: सर्वोच्च अदालतले २४ जुलाईमा ज्ञानवापी मामिलामा दिएको आदेशमा संशोधनलाई अनुमति दिएको छ। चीफ जस्टिस डीवाई चन्द्रचूड़को अध्यक्षता रहेको बेञ्चले भन्यो, आदेशको त्यो हिस्सा हटाइनेछ, जसमा मुस्लिम पक्षको मूल याचिकाको पनि निष्पादन गरिने भनिएको थियो। ज्ञानवापी मस्जिद कमिटीका वकिल हुजैफा अहमदी सर्वोच्च अदालतको चीफ जस्टिस डीवाई चन्द्रचूड़को अध्यक्षता रहेको बेञ्च अघि पुगे। उनले भने, ‘२४ जुलाईको दिन उनले सर्वे रोक्नमाथि बहस गरेका थिएl’ सर्वोच्च अदालतले आफ्नो आदेशमा हिन्दू पक्षको याचिकालाई सुनवाई योग्य नबताउने उनको अपीलको पनि निष्पादन गरिएको लेख्यो। तब चीफ जस्टिसले यस भूललाई सुधारिहेको भने। सर्वोच्च अदालतले २४ जुलाईमा ज्ञानवापी मस्जिद परिसरको सर्वे गर्ने ट्रायल कोर्टको आदेशमा रोक लगाएको थियो। चीफ जस्टिस डीवाई चन्द्रचूड़को अध्यक्षता रहेको बेञ्चले ज्ञानवापी मस्जिद कमिटीलाई २६ जुलाईसम्म ट्रायल अदालतको फसेलालाई चुनौती दिने आदेश दिएको छ। सर्वोच्च अदालतले भनेको थियो, २६ जुलाईसम्म ट्रायल कोर्टको आदेशमा रोक रहनेछ। एएसआईको तर्फबाट सोलिसिटर जनरल तुषार मेहताले भने, सर्वोच्च अदालतले एएसआईको त्यस दलीललाई नोट गरेको थियो, जसमा उसले ज्ञानवापी मस्जिद खन्न गइऱहेको छैन भनेको थियो।