जन्म-मृत्यु पञ्जीकरण र खान एवं खनिज सम्बन्धित विधेयक लोकसभामा पेश

00-1-Rashtriya-Samachar-26

नयाँ दिल्ली: लोकसभामा बुधबार हो-हल्लाबीच ‘खान एवं खनिज (विकास र विनियमन) संशोधन विधेयक-२०२३’ र ‘जन्म एवं मृत्यु पञ्जीकरण (संशोधन) विधेयक-२०२३’ पेश गरियो। यस अतिरिक्त जम्मू-कश्मीरसित सम्बन्धित तीन विधेयक ‘जम्मू र कश्मीर आरक्षण (संशोधन) विधेयक-२०२३’, ‘जम्मू र कश्मीर पुनर्गठन (संशोधन) विधेयक-२०२३’ तथा संविधान (जम्मू एवं कश्मीर) अनुसूचित जाति आदेश (संशोधन) विधेयक-२०२३ पनि लोकसभामा पेश गरियो। आज पनि विपक्षले मणिपुरको मुद्दामाथि प्रधानमन्त्रीको बयानको माग गरेको कारण लोकसभाको कारबाही बाधित रह्यो। बिहान केही क्षणको लागि प्रश्नकाल संचालन भयो, त्यसपछि १२ बजेसम्मको लागि कारबाही स्थगित गरियो। १२ बजेपछि पुनः कारबाही शुरू भयो र त्यैबेला उपरोक्त विधेयकहरू पेश गरियो। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement