३१सी राष्ट्रिय राजमार्गको सडक दुर्घटनामा २ जनाको मृत्यु, एक घाइते

f2b401bf-e534-436b-a403-a84cc193dfb0

कालचिनीः कालचिनी ब्लकको असमगामी ३१ सी राष्ट्रिय राजमार्गमा सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अर्को एकजना गम्भीर घाईते बनेको घटना प्रकासमा आएको छ।
बुधबार बिहान कुखुरा बोकेको सानो गाड़ी बाराबिसा जाँदै गर्दा अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएको थियो। दुर्घटनामा उक्त वाहनको चालक मनोज अधिकारी र वाहनका मालिक पुतुल पालको घटनास्थलमै मृत्यु भएको बताईएको छ भने गाडीमा सवार विक्रम घोष घाइते भएका छन्। कालचिनी थाना अधीनस्थ रहेको निमती आउटपोस्टका पुलिसबलले घटनास्थलमा पुगेर घाइतेलाई उद्धार गरी उपचारका लागि अलिपुरद्वार जिल्ला अस्पताल पुऱ्याएको छ। दुईजना मृतकको शव कालचिनी थानामा ल्याएको बताईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement