मिरिक: मिरिकको सौरेनी बजारमा अवस्थित रविन्द्रनाथ उच्च माध्यमिक विद्यालयमा नवौ र दशी श्रेणीका विद्यार्थीहरूलाई आज पानीको मुहानहरूमा लगेर पानीको गुणस्तरीयता, जल संरक्षण आदिबारे व्यवहारिक रूपमा जानकारी गराए। विद्यालयको सह शिक्षकहरू विवेक प्रधान र मुकेश शर्माले विद्यार्थीहरूलाई स्थानीय हिट्टीधारा, टपधारा, बाँसधारा, ट्याङ्की धारामा लगेर पानीको महत्व साथै पिउने पानीको गुणस्तरीयता जाँच गर्ने कार्य पद्धति बारे जानकारी गराए।

अर्कोतिर, पानीको महत्व र मानव जीवनमा पानीको भूमिकाबारे व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले नवीं र दशौं श्रेणीका विद्यार्थीहरूलाई उक्त पहल गरेको सह-शिक्षक विवेक प्रधानले जानकारी दिएका छन्।