भूतपूर्व सैनिक र अर्ध सैनिक बलद्वारा गठित कारगिल एनजीओद्वारा घैयाबारीमा २४औं कारगिल बिजय दिवस पालन

IMG-20230726-WA0253.jpg

खरसाङ: भूतपूर्व सैनिक अनि अर्ध सैनिक बलद्वारा गठित कारगिल एनजीयोद्वारा खरसाङको घैयाबारीमा कारगिल बिजय दिवस पालन गरिएको छ। उक्त बिजय दिवस कार्यक्रम घैयाबारीस्थित कारगिल एनजीयोको कार्यालयमा भूतपूर्व सैनिक सुरज तामाङको अध्यक्षता अनि जयराज थापा र भिशान लामाको सञ्चालनमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टीको सभापति राजीव थापा उपस्थित रहेका थिए।

त्यसरी नै विशिष्ट अतिथिको रूपमा पञ्चायत समितिको सदस्य वाङ्दी लामा, पञ्चायत सदस्य केवल राई, एमएस ब्रिग्रेडियर सिलगढीकी सुपुत्री, नेताजी हाई स्कूल घैयाबारीको शिक्षक प्रभारी दिनेश प्रधान, शिक्षिका कृति भूसाल लगायत अन्यहरू उपस्थित रहेका थिए। कार्यक्रमको शुरूमा कारगिल युध्दमा शहीद भएका शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै मौन धारण गरियो भने भूतपूर्व सैनिकहरूद्वारा सलामी पनि दिइएको थियो। त्यसरी नै अतिथिहरूद्वारा शहीद वेदीमा धूप दीप प्रज्वलन साथै फूल गुच्छा लगाएर श्रध्दाञ्जाली अर्पण गरिएको थियो। कार्यक्रममा स्वागत सम्भाषण कारगिल एनजीओको उपाध्यक्ष हेमराज गुरुङले राखेका थिए भने कारगिल बिजय दिवस किन मनाइन्छ भन्ने विषयमा भूतपूर्व सैनिक अमल राईले वक्तव्य राखेका थिए। उनले कारगिल युध्दमा भारतले बिजय हाँसिल गरेकोमा अवसरमा प्रत्येक वर्ष २६ जुलाईको दिन कारगिल बिजय दिवसको रूपमा देशभरि पालन गरिने बताएका छन्।

त्यसरी कारगिल एनजीओको स्थापना, उद्देश्य र यसको विभिन्न सामाजिक कार्यहरू विषयमा सचिव गणेश तामाङले वक्तव्य राखेका थिए। कार्यक्रममा शिक्षक दिनेश प्रधान, कारगिल एनजीओकी सदस्या एंव वीरगंना सकिला राई, नव निर्वाचित पञ्चायत समितिको सदस्य दावा वाङ्दी लामा आदिले वक्तव्य राखेका थिए। कार्यक्रममा भूतपूर्व सैनिक अर्जुन योञ्जनले कारगिल युध्द विषयमा कविता पठन गरेका थिए। घैयाबारीमा भूतपूर्व सैनिक, अर्ध सैनिक बलहरूद्वारा सन् २०१९ मा स्थापना गरिएको कारगिल एनजीओले वार्षिक रुपमा कारगिल बिजय दिवस पालन गर्दै आईरहेका छन् भने विभिन्न सामाजिक कार्यहरू पनि गर्दै आईरहेका छन्।

घैयाबारीमा सम्पन्न कारगिल बिजय दिवस विषयमा पक्रकारहरूसित कुराकानी गर्दै कारगिल एनजीओका मुख्य सल्लाहकार रमेश प्रधान अनि सचिव गणेश तामाङले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement