२६ जुलाईः दार्जीलिङको सेण्ट रोबर्ट्स स्कूलको अण्डर-१७ र अण्डर-१४ बोइज टीम प्रतिष्ठित क्लस्टर लेभल सुब्रतो कप फूटबल प्रतियोगितामा दार्जिलिङ जिल्लाबाट छनौट भएको छ। सर्वप्रथम स्कूलको अण्डर-१७ बोइज टीमले शिक्षा संघ हायर सेकेण्डरी स्कूल, सेण्ट अल्फनसस स्कूल र मिरिकको रवीन्द्रनाथ हायर सेकेण्डरी स्कूललाई पराजित गर्दै अघिल्लो चरणको निम्ति क्वालीफाई गऱ्यो। त्यसपछि अण्डर-१४ बोइज टीमले पनि दार्जिलिङको प्रतिनिधित्व गर्दै शिक्षा संघ हायर सेकेण्डरी स्कूल र सेण्ट अल्फनसस स्कूललाई पराजित गरी क्वालीफाई गऱ्यो।

दुवै टीमले क्लस्टर लेभल प्रतियोगिताको लागि कूचबिहार (अण्डर-१४) र जलपाइगढ़ी (अण्डर-१७) प्रस्थान गरिसकेको छ। त्यहाँ च्याम्पियन बन्न सके सेण्ट रोबर्ट्स स्कूलको दुवै टीमले राज्यस्तरीय प्रतियोगिताको लागि कलकत्ताको सल्ट लेक स्टेडियममा चुनौती पेश गर्ने मौका पाउनेछ। सीनियर बोइज टीमसँग प्रशिक्षक सिद्धार्थ मुखिया र म्यानेजर जोन कार्की रहेका छन् । जुनियर बोइज टीममा प्रशिक्षक अमित थापा र म्यानेजर दावा लेप्चा रहेका छन्।