मलेशियाका बलर सियाजरुल इद्रुसको टी२० क्रिकेटमा रेकर्ड प्रदर्शन

IMG-20230726-WA0166.jpg

२६ जुलाईः मलेशियाका पेस बलर सियाजरुल इद्रुसले टी२० वर्ल्ड कप एशिया बी क्वालीफायरमा ७ विकेट हासिल गरी अन्तर्राष्ट्रिय पुरुष टी२० क्रिकेटको इतिहासमा नयाँ रेकर्ड बनाए। चीन विरुद्ध म्याचमा मलेशियाका यस पेस बलरले केवल ८ रन खर्च गरी ७ विकेट हासिल गरे। म्याचमा मलेशियाले चीनलाई ८ विकेटले पराजित गऱ्यो। इद्रुसले सातैवटा विकेट बोल्ड गरी हासिल गरे। अहिलेसम्म २२ वटा टी२० अन्तर्राष्ट्रिय म्याच खेलिसकेका ३२ वर्षीय इद्रुसले नाइजेरियाका पीटर ओहोको रेकर्ड तोड़े, जसले सिएरा लियोन विरुद्ध २०२१-मा ५ रन खर्च गरी ६ विकेट लिएका थिए। यसरी इद्रुस टी२० अन्तर्राष्ट्रिय म्याचमा ७ विकेट हासिल गर्ने पहिलो पुरुष क्रिकेटर बने।
आईसीसीको पूर्णकालिक सदस्यहरूमा भारतका दीपक चाहरको नाममा टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वश्रेष्ठ बलिंगको रेकर्ड रहेको छ। दीपकले २०१९-मा बंग्लादेश विरुद्ध ७ रन खर्च गरी ६ विकेट लिएका थिए। समग्रमा उनी यस सूचीमा (पूर्णकालिक र एसोसिएट सदस्य मिलाएर) युगाण्डाका दिनेश नकरानीको साथ संयुक्त रूपले तेस्रो स्थानमा रहेका छन्, जसले २०२१-मा फ्रान्स विरुद्ध ७ रन खर्च गरी ६ विकेट लिएका थिए। पुरुषहरूका टी२० क्रिकेटमा अहिलेसम्म १२ जना बलरले एउटा म्याचमा ६ या त्यसभन्दा अधिक विकेट लिएका छन्, जसमा भारतका युजवेन्द्र चहल, अष्ट्रेलियाका एश्टोन एगर र श्रीलंकाका अजन्ता मेण्डिस पनि सामेल छन्। म्याचमा चीनको टीम पहिला ब्याटिंग गर्दै ११.२ ओभरमा २३ रन बनाएर अलआउट भयो। जवाफमा मलेशियाले ४.५ ओभरमा २ विकेट गुमाएर लक्ष्यलाई हासिल गऱ्यो। यस टुर्नामेण्टको विजेतालाई नोभेम्बरमा नेपालमा हुने एशिया क्षेत्रीय फाइनलमा प्रवेश प्राप्त हुनेछ, जसमा शीर्ष दुईवटा टीमले आउँदो साल टी२० वर्ल्ड कप खेल्ने मौका पाउनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement