ओपन नक्आउट फूटबल टुर्नामेण्ट ६ अगस्तदेखि

IMG-20230726-WA0247.jpg

२६ जुलाईः सेभेन स्टार स्पोर्टिंग क्लब, लंगभ्यू बन्दाखेतीको तत्त्वावधानमा आउँदो ६ अगस्तदेखि ओपन नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। सबै म्याचहरू लंगभ्यू बन्दाखेतीको प्लेन लाइन खेल मैदानमा हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा अंशग्रहण गर्न इच्छुक टीमहरूका निम्ति प्रवेश शुल्क ४००० रुपियाँ रहेको छ। इच्छुक टीमहरूका निम्ति सम्पर्क नम्बर सर्कुलरमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement