लुम्पी रोगबारे जागरुकता कार्यक्रम

IMG-20230725-WA0445.jpg

गेजिङ: पशुपालन व्यवसाय गर्ने किसानहरुलाई लिएर बर्मेकमा लुम्पी छाला रोग सम्बन्धी एक दिने तालिम सम्पन्न भयो। कृषि बिज्ञान केन्द्र गेजिङ र एटीएमएको सहकार्यमा आयोजना गरेको कार्यक्रममा सम्बन्धित बिभागका संयोजक दिनेश बस्नेतको उपस्थिति रहेको थियो। कार्यक्रममा ब्लकका करिब ३५ कृषकहरुको सहभागिता रहेको थियो। तालिम कार्यक्रमका लागि स्रोत व्यक्ति डा. लकी डोमा भोटिया र डा. अभिषेक शर्मा थिए। बीटीएम विवेक शर्माको स्वागत मन्तव्यबाट कार्यक्रमको सुरुवात गरे पछि डा. लकी डोमाले कृषकहरुलाई गाईको शरीरमा फैलदै गरेको छालाको रोगबारे सचेत गराउनका साथै गाईको गोठलाई सरसफाई, बिरामी पशुको निरन्तर हेरचाह र बिरामी गाईवस्तुमा औषधि लगाउने उपाय लगायतका जानकारी गराइन। अर्का स्रोत वक्ता डा. अभिषेक शर्माले किसानको उत्थानका लागि सरकारी तथा विभागीय योजनाका केही फाइदाहरु औसधि अनि उपचारका बिशयमा जानकारी गराए। हालमा ग्रामीण जीवनलाई गाईको रोगबारे जागरुक गराउन सम्बन्धित निकायहरु सक्रिय छन भने समयमा नै सतर्कता गराउन ग्रामीण स्तरमा काम गरिरहेको बताउँदै कृष्कहरुले पनि सम्बन्धित बिभागमा सोझै सम्पर्क गर्न आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement