स्वतन्त्रता दिवस तयारीलाई लिएर नाम्चीमा सभा सम्पन्न

IMG-20230725-WA0444.jpg

गान्तोक: आगामी दिनमा नाम्ची जिल्लामा पालन गरिने स्वतन्त्रता दिवस तयारीलाई लिएर आज नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा तयारी सभा सम्पन्न भयो। आज सम्पन्न सभाको अध्यक्षता नाम्ची जिल्लाका जिल्लापाल एम भरानी कुमारले गरेका थिए भने उनको साथमा महकुमा अधिकारी एमके कार्की लगाय विभिन्न विभागका प्रमुखहरूले पनि उपस्थिति जनाएका थिए। स्वतन्त्रता दिवसको महत्वलाई ध्यानमा राख्दै कार्यक्रमको विस्तृत जानकारी जिल्लापालले गराए। विशेष गरेर उनले कार्यक्रम स्थलको सजावट, सिटको व्यवस्थापन, सरसफाई, खानेपानी व्यवस्था, ट्राफिक र सुरक्षा व्यवस्थापन लगायतका विभिन्न भूमिका र जिम्मेवारी सुम्पिए।उनले उक्त कार्यक्रमलाई सफल बनाउन विभागहरुलाई एक आपसमा तालमेल राखेर काम गर्नुपर्ने समेत आग्रह गरे। बैठकमा उपस्थितहरूले अन्य विभिन्न सुझाव र जिज्ञासा राखेका थिए,जसमा अस्थायी कार्यक्रम एजेन्डाहरूमाथि पनि छलफल गरियो। यस वर्षको स्वतन्त्रता दिवस नाम्चीस्थित भाइचुङ स्टेडियममा पालन गरिने तय भएको छ। सो कार्यक्रममा परेड, ब्याण्ड डिस्प्ले, फुटबल म्याचलगायत विभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरूलाई समावेश गरिएको जिल्लापाले जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement