गान्तोक: राज्यका कृषि एवम पशुपालन,पशु चिकित्सा सेवा विभाग मन्त्री लोकनाथ नेपालले विभागका अधिकारीहरूलाई लिएर लम्पी रोगबारे एक आपतकालिन बैठक आयोजना गरे। राजधानीस्थित टाशीलिङ सचिवालयमा आयोजित आपतकालिन बैठकनमा विभागका सचिव डा. पी. सेन्थिल लगायत अन्य विभागका प्रमुखहरूले सहभागिता जनाएका थिए। बैठकलाई सम्बोधन गर्दै मन्त्री नेपालले दुग्ध व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउन साथै आपतकालिन आवश्यकतालाई मध्यनजर गर्दै राज्य सरकारले अत्यधिक संक्रामक लम्पी छाला रोगबाट मृत्यु भएका गाईवस्तुको क्षतिपूर्ति स्टेट डिजास्टर रेस्पोन्स कोष (एसडीआरएफ) मार्फत प्रदान गर्ने निर्णय गरेको र सोही अनुसार एलएसडीलाई राज्य विपद्को रूपमा अधिसूचित गरिएको जानकारी दिए।पशुपालन र एलआरडीले गाईवस्तु मरेका किसानलाई क्षतिपूर्ति दिन एक अर्कामा तालमेल गरिरहेको उनले बताए।
मन्त्री शर्माले लम्पी रोग नियन्त्रणका लागि फिल्डमा गएर रोग नियन्त्रण र व्यवस्थापनका लागि आवश्यक सबै औषधि उपलब्ध गराउन विभागीय अधिकारीलाई निर्देशन दिए।