गान्तोक: गेजिङ जिल्लाका आशाकर्मीहरूलाई लिएर एक दिवसयी अभिमुखी साथै प्रशिक्षण कार्यक्रम गेजिङको जिल्ला भवनमा सम्पन्न भयो। यस कार्यक्रमको प्रमुख् लक्ष्य र उद्देश्य परम्परागत आयुर्वेदिक अभ्यासहरूको ज्ञान र यसलाई बुझाउनको निम्ति प्रेरित गरिनु रहेको थियो, आमा र बच्चाको प्रसवपछिको हेरचाहमा विशेष ध्यान केन्द्रित गरी आशाकर्मीलाई समग्र स्वास्थ्य सेवाहरू प्रदान गर्न, उनीहरूको समुदायको कल्याणका लागि औषधीय वनस्पतिहरूको प्रयोगलाई प्रवर्द्धन गर्न र बिरामीहरूलाई सूचित सामुदायिक छनौटहरू प्रदान गरेर सहयोग पुऱ्याउनु थप अर्को लक्ष्य रहेको छ।

आजको यस कार्यक्रममा गेजिङ जिल्ला अस्पतालका सीएमओ,एसपीए प्रमुख स्रोतवक्ताकोरूपमा रहेका थिए। उक्त कार्यक्रममा आशाकर्मीहरूलाई औषधिय बन्सपतिका विरूवा जस्तै टोटोला, एलोबेरा,तुलसी वितरण गरियो।