अरूणाचल प्रदेश विधानसभाका अध्यक्ष चार दिवसीय सिक्किम भ्रमणमा

IMG-20230725-WA0441.jpg

गान्तोक: अरूणाचल प्रदेश विधाससभाका अध्यक्ष पीडी सोना चार दिवसीय भ्रमणको निम्ति सिक्किम आइपुगेका छन्। आज सिक्किम आउने क्रममा उनलाई पश्चिम बंगालको बागडुग्रा हवाई अड्डामा स्वागत जनाइयो। उनी आगामी २८ जुलाईको दिन सिक्किमबाट फर्किने जानकारी प्राप्त भएको छ। भोलि राजधानीस्थित मनन केन्द्रमा आयोजना हुने सिक्किम पूर्व विधायक महासंघको २१औं स्थापना दिवसमा उपस्थित हुनको निम्ति सिक्किम आएका हन्। आज उनलाई बागडुग्रा हवाइ अड्डामा प्रोटोकल सिलगढी यूनिटका उपसचिव जीवन कुमार छेत्री लगायत अन्य अधिकारीहरूले स्वागत जनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement