मेनुका भुजेलले प्राप्त गरिन अर्को सफलता

IMG-20230725-WA0437.jpg

गोरुबथान (महेश्वर प्रधान): समथार कालेबुङ निवासी पिता डिल्लीमान भुजेल र माता रनमाया भुजेलकी छोरी मेनुका भुजेलले युजीसी नेट जेआरएफ उतीर्ण गर्न सफल भएकी छन्। उनले आफ्नो प्रारम्भिक शिक्षा समथार प्राथमिक पाठशालाबाट सुरु गरेकी हुन्। यसैगरी स्नातक नेपाली अनर्ससहित कालेबुङ महाविद्यालयबाट २०१८ मा पूरा गरेकी हुन्। स्नातकोत्तर उत्तर बङ्गाल विश्वविद्यालयबाट २०२० र एम फिल सिक्किम विश्वविद्यालयबाट डा. देवचन्द्र सुब्बाको निर्देशनमा तत्त्वहरू वैशिष्ट्यको आधारमा सञ्जय विष्टको शब्दान्त कथा सङ्ग्रहको अध्ययन विषयमा २०२२ मा पूरा गरेकी हुन्।

हाल उनी सिक्किम अलपाइन विश्वविद्यालयमा अथिति प्राध्यापकको रूपमा कार्यरत छन्।यो सफलताको निम्ति हामी उनलाई शुभकामना व्यक्त गर्दछौं।उनको सफलता हाम्रो नानीहरुको लागि प्रेरणा बनिदिन्छ भन्ने कुरोमा हामी आशावादी पनि छौ।शिक्षा नै समाजको ठुलो हतियार हो भन्ने ध्येयले अघि बढिरहेकी छोरी आजका युवा पिडीका एकजना सफल उदाहरण हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement