एनआईटी सिक्किमले बतायो राष्ट्रिय शिक्षा नीतिलाई साकार

si-9

गान्तोकः नेशनल इन्स्टिट्युट अफ टेक्नोलोजी (एनआईटी) सिक्किमले नामची जिल्लाको रभाङ्लामा आज पत्रकार सम्मेलन आयोजन गरेर राष्ट्रिय शिक्षा नीति (एनईपी) २०२० लागू भएको तीन वर्षमा एनआईटीको प्रगतिबारे जानकारी गराएको छ। एनआईटीका निर्देशक प्रा. महेशचन्द्र गोभिलले भिडियो कन्फरेन्समार्फत प्रधानमन्त्री नरेन्द्र मोदीको समावेशी, नवीन र समग्र शिक्षाको परिकल्पना राष्ट्रिय शिक्षा नीति २०२० साकार भएको बताए ।

केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले भारतीय शिक्षा प्रणालीलाई आत्मनिर्भर भारततर्फ डोर्याउन नेतृत्व गरिरहेको उनले बताए। उनले भने, एनईपी २०२० को तेस्रो वर्षिकोत्सवतर्फ हामी अघि बढिरहेका छौं। उनले जानकारी दिएअनुसार, एनआईटी सिक्किम एक महत्त्वपूर्ण सरोकारवालाको रूपमा अगाडि बढ्दै समावेशी, नवीन र विश्वव्यापी प्रतिस्पर्धात्मक शिक्षा प्रणालीमा काम गर्न पूर्ण रूपमा प्रतिबद्ध छ। एनआईटी राष्ट्रिय शिक्षा नीति २०२० को तेस्रो वार्षिकोत्सव आगामी २९ र ३० जुलाई २०२३ मा आयोजना हुने कार्यक्रममा आफ्ना उपलब्धिहरू प्रदर्शन गर्न उत्साहित छ।

कार्यक्रममा डीन एकेडेमिक तथा रजिस्ट्रार डा रञ्जन बसाक, डीन एडमिनिस्ट्रेशन डा अचिन्तेश एन विश्वास, डिन संकाय कल्याण डा धनंजय त्रिपाठी, जवाहरलाल नवोदय विद्यालयका प्रिन्सिपल अशोक दत्त शर्मा, सहायक रजिष्ट्रार राम नेपाललगायतको उपस्थिति रहेको थियो ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement