सिलगढीमा भूमि अतिक्रमणमा रेलवेलाई मेयरले चेतावनी दिए

a7f1544f-f2da-4ae4-a6b6-982510d95805-1024x576.jpg

सिलगढी: मेयर गौतम देबले नयाँ बस स्ट्यान्डको अगाडि सिलगढीको तीनबत्ती मोर नजिकको जग्गा अतिक्रमणको बारेमा रेलवेलाई कडा चेतावनी दिए। उनले यस विषयमा मुख्यमन्त्रीलाई जानकारी गराएर उचित प्रशासनिक कारबाही गर्ने बताए।
मेयरले सिलगढी नगरपालिकाको जग्गामा रेलवेले अतिक्रमण गरेको आरोप लगाए। आज बसपार्कको प्रगति अवलोकन गर्न गएका उनले अतिक्रमण देखेर कडा आपत्ति जनाएका हुन्। उनले तुरुन्तै नगरपालिकाका आयुक्त र डीसीपी जोय टुडुलाई फोनमार्फत सम्पर्क गरे। जग्गा अतिक्रमणका कारण बस स्ट्याण्ड बनेपछि बस सञ्चालनमा कठिनाइ हुने उनले चिन्ता व्यक्त गरे। मेयरले अवैध निर्माणलाई रोक्न प्रशासनिक पहल गरिने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement