लम्पी रोगबारे मन्त्री नेपालले बोलाए आपातकालीन बैठक

lumpy_447

गान्तोकः राज्यका कृषि एवम् पशुपालन, पशु चिकित्सा सेवा विभाग मन्त्री लोकनाथ शर्माले विभागका अधिकारीहरूलाई लिएर लम्पी रोगबारे एक आपातकालीन बैठक आयोजना गरे। राजधानीस्थित टाशीलिङ सचिवालयमा आयोजित आपातकालीन बैठकमा विभागका सचिव डा. पी. सेन्थिल लगायत अन्य विभागका प्रमुखहरूले सहभागिता जनाएका थिए।

बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले दुग्ध व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउन साथै आपातकालीन आवश्यकतालाई मध्यनजर गर्दै राज्य सरकारले अत्याधिक संक्रामक लम्पी छाला रोगबाट मृत्यु भएका गाईवस्तुको क्षतिपूर्ति स्टेट डिजास्टर रेस्पोन्स कोष (एसडीआरएफ) मार्फत प्रदान गर्ने निर्णय गरेको र सोही अनुसार एलएसडीलाई राज्य विपदको रूपमा अधिसूचित गरिएको जानकारी दिए। पशुपालन र एलआरडीले गाईवस्तु मरेका किसानलाई क्षतिपूर्ति दिन एक अर्कामा तालमेल गरिरहेको उनले बताए।

मन्त्री शर्माले लम्पी रोग नियन्त्रणका लागि फिल्डमा गएर रोग नियन्त्रण र व्यवस्थापनका लागि आवश्यक सबै औषधि उपलब्ध गराउन विभागीय अधिकारीलाई निर्देशन दिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement