हरमनप्रीत कौरलाई कठोर शास्ती, दुईवटा म्याचको निम्ति निलम्बित

IMG-20230725-WA0425.jpg

२५ जुलाईः बंग्लादेश विरुद्ध मीरपुरमा खेलिएको वनडे सीरीजको तेस्रो तथा अन्तिम म्याचमा अम्पायरको फसेलामा आपत्ति जनाउनको साथै विपक्षी कप्तानलाई कटाक्ष गरेको मामिलामा भारतीय महिला क्रिकेट टीमकी कप्तान हरमनप्रीत कौरलाई कठोर शास्ती दिइयो। हरमनप्रीतलाई आईसीसी आचार संहिताको दुई अलग-अलग उल्लंघनपछि दुईवटा अन्तर्राष्ट्रिय म्याचको निम्ति निलम्बित गरियो। हरमनप्रीतले भारतीय ईनिंग्सको ३४औं ओभरमा स्पिनर नाहिदा अक्तरको बलिंगमा स्लिपमा क्याच आउट दिइएपछि आफ्नो ब्याटले विकेटमा हिर्काएर निराशा व्यक्त गरेकी थिइन्। लेभल २ को अपराधको निम्ति उनीमाथि म्याच फीसको ५० प्रतिशत जरिमाना लगाइयो अनि साथमा ३ डिमेरिट पोइण्ट्स पनि दिइयो। उनलाई अम्पायरको फसेलामाथि असहमति देखाएकोसँग सम्बन्धित खेलाड़ीहरू अनि सहयोगी स्टाफहरूका निम्ति आईसीसी आचार संहिताको अनुच्छेद २.८ को उल्लंघनको मामिलामा दोषी पाइयो। म्याचपछि भारतीय कप्तानले पुरस्कार वितरण समारोहमा अम्पायरहरूको खुलेर आलोचना पनि गरेकी थिइन्। यस मामिलामा हरमनप्रीतमाथि अन्तर्राष्ट्रिय म्याचमा हुने घटनाको सम्बन्धमा सार्वजनिक आलोचनासँग सम्बन्धित लेवल १ को अपराधको निम्ति उनीमाथि म्यीच फीसको २५ प्रतिशत जरिमाना पनि लगाइयो। भारतीय कप्तानले अपराध स्वीकार गरेकी हुनाले औपचारिक सुनुवाईको आवश्यकता परेन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement