यौन कार्यका लागि फसाउने जालसाज आन्टी

Sex-Racket-Representative-Image

मुजफ्फरपुर: बिहारको मुजफ्फरपुर जिल्लामा पुलिसले सेक्स र्याकेटको ठूलो खुलासा गरेको छ। यो सेक्स र्‍याकेट पुलिस थानाबाट मात्र १०० मिटर टाढा चलिरहेको थियो र पुलिसलाई पनि थाहा थिएन। यो सेक्स र्याकेट चलाउने जालसाज आन्टी, आन्टीजी पक्रा परेकी छिन्। यी जालसाज आन्टीको नाम शहनाज खातुन हो। पुलिसको हिरासतमा आएपछि यी जालसाज आन्टीले धेरै ठूला खुलासा गरेकी छन्। सरकारी नोकरी दिलाउने नाममा केटीहरूलाई जालमा फसाएर अश्लिल भिडियो बनाइदिन्थिन्। युवतीहरुलाई ब्ल्याकमेल गरेर यौन व्यवसायमा लगाइन्थ्यो। यो देहव्यापार चलिरहेको ठाउँबाट एक सय मिटर टाढा पुलिस चौकी हुनु अचम्मको कुरा हो । मुजफ्फरपुरको स्वास्थ्य विभागमा करारमा जागिर दिने बहानामा आफूले धेरै केटीहरूलाई सेक्स र्‍याकेटमा धकेलेकी महिलाले बताइन् । पहिले ती युवतीलाई बोलाएर अश्लिल भिडियो बनाएर ब्ल्याकमेल गरी जबरजस्ती देहव्यापारमा लगाइने गरेको उनले बताए। शहनाज खातुनले धेरै महिला र केटीहरूको जीवन बर्बाद पारेकी छिन्। पैसाको लोभ देखाएर जागिरको नाममा कसैलाई फँसाउँथिन् र त्यसपछि ती युवती तथा महिलालाई यो ठगीमा धकेल्ने गरेको उनी आफैंले स्वीकारेकी छन्। एक पटक यो धन्दामा आएपछि युवती बदनामीको डरले फर्केर जान नसक्ने उनले बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement