मुख्यमन्त्रीले गरे रोगीहरूलाई आर्थिक सहयोग

cm_678

गान्तोकः राजधानीस्थित नयाँ एसटीएनएम अस्पतालमा उपचाराधीन विभिन्न बिमारी लगायत यहाँ उपचार गराउन सम्भव नभएर राज्य बाहिर रेफर गरिएका बिमारीहरूलाई राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले निरन्तर रूपमा आर्थिक सहयोग प्रदान गर्दै आइरहेको एसकेएमले प्रेस विज्ञप्तिमा बताएको छ।

विज्ञप्ति अनुसार, मुख्यमन्त्री विवेकाधीन कोषबाट मुख्यमन्त्रीले अहिलेसम्म हजारौं रोगीहरूलाई वित्तीय सहायता उपलब्ध गराइसकेका छन्। सहयोग गर्ने क्रमलाई जारी राख्दै मुख्यमन्त्रीले आज पनि बिरामी तथा बिरामीका परिवारका सदस्यलाई आफ्नो सरकारी निवास मिन्तोकगाङमा भेट गरेर वित्तीय सहायता प्रदान गरे।

आज एसटीएनएम अस्पतालबाट उपचारको निम्ति राज्य बाहिर रेफर गरिएका १८ जना रोगीलाई मुख्यमन्त्रीले आफ्नो निवासमा भेट गरेर सहयोग प्रदान गरियो। यसरी नै एसटीएनएम अस्पतालमा उपचाराधीन अन्य २६ जना बिरामीलाई पनि सहयोग उपलब्ध गराए, जुन सहयोग बिमारीहरूलाई अस्पातलमै लगेर प्रदान गरियो। मुख्यमन्त्री कार्यालयका स्वास्थ्य समन्वयक दीपक गुरूङ अनि निशा तामाङको सहयोगमा अस्पतालमा उपचाराधीन बिरामीहरूले सो सहयोग राशि प्राप्त गरे। मुख्यमन्त्री तामाङले आफु विपक्षमा हुँदादेखि नै बिरामीहरूलाई सहयोग गर्दै आइरहेको तथा अहिले मुख्यमन्त्री बनेपछि पनि हजारौं रोगीहरूलाई स्वास्थ बनाउनमा ठूलो सहयोग पुऱ्याएको बताइएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement