सोनादा: दार्जिलिङको रंगबुल अन्तर्गत गोर्खे बस्ती निवासी शहीद सिताराम राईको पार्थिव शरीर शनिवार बेलुकी घर ल्याइएको छ। उनी मणिपुरको प्राकृतिक प्रकोपमा परेर शहीद बनेका थिए। शनिवार ११ जवानहरूको पार्थिव शरीरसितै रंगबुल निवासी सिताराम राईको पार्थिव शरीर पनि मणिपुरबाट हवाई मार्ग भएर बागडोगरा विमान स्थलमा हुँदै बेङ्गडुबी सैनिक छाउनीमा ल्याएर सैनिक सम्मानसहित श्रध्दाञ्जली अर्पण गरी आफ्नो घर रंगबुलको गोर्खे बस्ती ल्याइएको छ। शहीद सिताराम राईको पार्थिव शरीरलाई श्रध्दाञ्जली अर्पण गर्न बाघडोगरा हवाई अड्डा र बेङ्गडुबीमा हालैमा रंगबुल धोतरिया रंगमुक समष्टिबाट जीटीए चुनाव जितेका राजेस चौहान पनि पुगेका थिए। उनले त्यही नै सहीद सिताराम राईलाई श्रध्दाञ्जली अर्पण गरी रंगबुलको गोर्खे बस्ती लिएर पुगेका थिए। शहीद सिताराम राईलाई सैनिक सम्मानको साथमा उनको पार्थिव शरीरलाई परिवार पक्षलाई सुम्पिएका छन्। उनको अन्तिम संस्कार आज आईतबार गरिने भएको छ।