तीनधारे: मणिपुरमा भएको भिषण पैह्रोको चपेटमा परेर शहीद बनेका गोर्खा वीर सपुतहरूको दिवङ्गत आत्माले शान्ती पाउन भन्ने उद्देश्यले तीनधारेमा पनि श्रध्दाञ्जली सभा आयोजना गरिएको छ। तीनधारेको बजारस्थित चिल्ड्रेन पार्कमा रहेको शहीद बेदीमा द्वीप प्रज्वलन गरी क्याण्डल बालेर मणिपुरमा गएको प्राकृतिक प्रकोपमा परेर शहीद बनेका जवानहरूलाई श्रध्दाञ्जली अर्पण गरिएको छ। उक्त श्रध्दाञ्जली सभामा भागोप्रमो तीनधारे महानदी समष्टिको बिजयी प्रार्थी नवराज विशेष रूपमा उपस्थित रहेका थिए। उनीबाहके युवा शक्ति तीनधारे महानदी समष्टिको सचिव सञ्जीव मंगर लगायत वरिष्ठ नागरिक कल्याण संगठन तीनधारेको प्रतिनिधिहरू साथै अन्यहरू पनि उपस्थित रहेका थिए। उक्त श्रध्दाञ्जली सभामा उपस्थित सबैले शहीद जवानहरूलाई श्रध्दाञ्जली अर्पण गरेका छन्। उक्त श्रध्दाञ्जली कार्यक्रम तीनधारे महानदी समष्टिको सबै स्थानहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाको निर्देशनमा अायोजना गरिएको पनि जानकारी युवा शक्ति तीनधारे महानदी समष्टिको सचिव सञ्जीव मंगरले दिएका छन्।

त्यसरी नै मणिपुरको प्राकृतिक प्रकोपमा परेर शहीद बनेका जवानहरूलाई श्रध्दाञ्जली अर्पण गर्न साहित्य कला संस्थान तीनधारेले पनि श्रध्दाञ्जली सभा आयोजना गरेका छन्। उक्त श्रध्दाञ्जली सभामा साहित्य कला संस्थानक संरक्षक मदनकुमार प्रधानले वक्तव्य राखेका थिए भने उपस्थित सबैले मणिपुरको प्राकृतिक प्रकोपमा परेर शहीद बनेका जवानहरूलाई श्रध्दाञ्जली अर्पण गरेको जानकारी साहित्य कला संस्थानको सचिव सन्तोष लामाले बताएका छन्।